राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र 

इलाम, बैशाख ९, इलाम 
राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने केन्द्रीय कार्यक्रम अनुसार राप्रपा इलामले पनि  ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा पूर्व न्यायधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित तीनकुने घटनाको निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्ने, छानबिनका लागि गृहमन्त्रीले राजनामा दिनुपर्ने, दमनको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने, सो घटनामा मृत्यु भएका सबिन महर्जन र सुरेश रजकलाई शहिद घोषणा र क्षतीपूर्तीको ब्यबस्था गर्नुपर्ने, घाईतेहरुको निशुल्क उपचार गर्नुपर्ने, आस्थाका बन्दी रिहा गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, सरकारको घुसपैठ बन्द गर्नुपर्ने जस्ता बिषयहरु समाबेश रहेको राप्रपा इलामका प्रबक्ता गोपाल पौडयालले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउन राप्रपा अध्यक्ष राजेन्द्र चौहान सहित राप्रपाका नेताहरु धनबहादुर थापा, टिकाराम चौहान लगायतको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

इलाममा पनि मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

गणेश घिमिरे जेठ २१, इलाम  आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस देशभर मनाइएको छ । इलाममा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यो दिवस

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता 

गणेश घिमिरे जेठ १४, इलाम  इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो

गणेश घिमिरे जेठ ७, इलाम  बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या